सुदूर नेपाललाई विश्वसँग जोड्दै

दही चोरेको निहुँमा बालिकालाई बाँधेर यातना

२०७८ चैत्र २, १२:०७ खबर संवाददाता

रामेछाप: रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ। घरभित्र पसेर दही चोरी गरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन्।

मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए। बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पीडित परिवारले श्रेष्ठविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन्। 

कमेन्ट लोड गर्नुस