धनगढीबाट हिँडेको मिनी ट्रक भालुमारेमा पल्टियो
२०७८ चैत्र २, १०:५५
धनगढी: डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ। धनगढीबाट बझाङतर्फ हिँडेको सु प ०१००१ ख २२५० नम्बरको मिनी ट्रक मंगलबार राति अमरगढी नगरपालिका–७ भालुमारेमा दुर्घटनामा परेकाे हो।
दुर्घटनामा परेका चालक र सहचालक सकुशल रहेको तर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्रकले ग्यास सिलिन्डर बोकेको बताइएको छ।
कमेन्ट लोड गर्नुस