सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला अदालत बार एसोसिएसनको ३१औं साधारण सभा सम्पन्न

२०७८ चैत्र १, ०६:०९ खबर संवाददाता

धनगढी : कैलाली जिल्ला अदालत बार एसोसिएसनको ३१ औं साधारण सभा सम्पन्न भएको छ। धनगढीस्थित बारको सभाहलमा आयोजित साधारण सभामाको उद्घाटन सत्रमा मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, जिल्ला न्यायाधिश बाबुकाजी बानियाँ कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्ष विश्व अधिकारीलगायत कैलाली जिल्ला अदालत बार एसोसिएसनमा आवद्ध वरिष्ठ अधिवक्ता र अधिवक्ताको सहभागीता रहेको थियो। 

साधारण सभामा वरिष्ठ अधिवक्ता राजेन्द्रबहादुर साउँद र कैलाली जिल्ला अदालत बार एसोसिएसनका निर्वतमान अध्यक्ष शिवबहादुर केसीलाई कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय र विशिष्ठ अतिथि जिल्ला न्यायाधिश बाबुकाजी बानियाँले सम्मान गरे।

उद्घाटन सत्रपछि बन्द सत्र सुरू हुने  कैलाली जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष सिद्धराज ओझाले दिनेशखबरलाई बताए। 

कमेन्ट लोड गर्नुस