देउवालाई भीम रावलको काउन्टरः मेरो होइन उहाँको दिमाग खुस्केर होस हरायो
धनगढी: मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावललाई लिएर अभिव्यक्ति दिएपछि रावलले जवाफ फर्काएका छन्।
सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले एमाले नेता रावल आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएरमात्र विरोध गरेको भन्दै आक्रोश पोखेका थिए। उनले ‘त्यसबेला राजीनामा किन नगरेको ? ‘दिमाग खुस्केको थियो’ भन्दै आक्रोश पोखेका थिए।
सोही अभिव्यक्तिपछि भीम रावलले ट्वीटरमार्फत जवाफ फर्काउँदै भनेका छन्, ‘मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई आफूले तथ्यगतरूपमा सार्वजनिक गर्दा देउवा आक्रोशित भएको उनले बुझाइ छ।
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं : pic.twitter.com/7aoA854K9I
— Dr. Bhim Rawal (@BhimRawal179) March 14, 2022
भीम रावललाई देउवाको प्रश्न - मन्त्रिपरिषदमा रहँदा किन एमसीसी पास गरेको ?