सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिका उम्मेदवारको टाउकोमा अन्डा प्रहार

२०७८ फाल्गुन २९, ०६:०१ खबर संवाददाता

काठमाडौंः एक सेवा निवृत्त व्यक्तिले फ्रान्सको राष्ट्रपति पदका दक्षिणपन्थी उम्मेदवार इरिक जेमोरको टाउकोमा काँचो अण्डा फूटाएका छन्। ७० वर्षीय पुरुषले मोइज्याकको दक्षिणी क्षेत्रमा जेमोरको टाउकोमा अण्डा प्रहार गरेको अभियोजनकर्ताको कार्यालयले जनाएको छ।

अशक्त बालबालिकाको बारेमा जेमोरले गरेको टिप्पणीबाट आक्रोशित भएका उनले विरोधस्वरुप यो कदम उठाएका थिए। यी सेवा निवृत्त किसानको छोरा अटिजमबाट प्रभावित छन्। २ महिना अगाडि जेमोरले विद्यालयमा समावेशीको प्रयासविरुद्ध बोल्दै अशक्त विद्यार्थीलाई छट्टै पढाउनु पर्ने बताएका थिए। सार्वजनिक अभियोजनकर्ताको कार्यालयले जेमोेरको टोलीले यो विषयमा प्रहरीलाई खबर गर्न नहुने बताएको छ। यद्यपि यी सेवा निवृत्तलाई केही सभ्य व्यवहारको बारेमा पढाउनुु पर्ने बताइएको छ। फ्रान्समा अप्रिल १० र २४ मा दुई चरणको भोटिङमा नयाँ राष्ट्रपति चुनिने छ।

हालसम्मको सर्वेक्षणमा जेमोर १२।५ प्रतिशतसहित तेस्रो स्थानमा छन्। उनी इमानुुयल म्याक्रो र मारिन ली पेन भन्दा पछाडि छन्। उक्त सर्वेक्षणमा म्याक्रोले ३० प्रतिशत र ली पेनले १८ प्रतिशत मत प्राप्त गरेका छन्।

कमेन्ट लोड गर्नुस