देशभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ र १ हजार ६४१ एन्टिजेन परीक्षणमा ६ जनामा गरि जम्मा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा १९२ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै ८८ हजार ४८८ जनाले खोप लगाएका छन्। आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ।