सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा पुनः शाही

२०७८ फाल्गुन २८, ०६:२९ खबर संवाददाता

धनगढीः सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवाश शाही निर्वाचित भएका छन्। शनिबार धनगढीमा भएको प्रथम प्रदेश अधिवेशनबाट शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो।

समितिको उपाध्यक्षमा केशब भट्ट र सरोज चौधरी, महासचिवमा पदमबिक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिवमा श्रीराम चौधरी रहेका छन्।

यस्तै कार्यसमिति सदस्यहरुमा जेपी चन्द, रमेश कुमाल, कमल पनेरु, यज्ञराज ओझा, धनन्जय जैशी, लोग बहादुर बुढा, नरेन्द्र जैशी, धनन्जय रिमाल, कमल कार्की र गजेन्द्र डगौरा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस