सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक

२०७८ फाल्गुन २८, ०६:२५ रासस

काठमाडौँ: मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ। यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन्। 
 

कमेन्ट लोड गर्नुस