नेपाल इञ्जिनियर्स एशोसिएसन सुदूरपश्चिमको सभापतिमा पन्त
धनगढी : नेपाल इञ्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रदीपकुमार पन्त निर्वाचित भएका छन्। प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा पन्त सभापतिमा निर्वाचित भएका हुन्।
त्यस्तै, केन्द्रीय सदस्यमा रणबहादुर बम, उपसभापतिमा भास्कर चटौत, सचिवमा पदम मडै, सहसचिवमा राजेन्द्र साउद र कोषाध्यक्षमा वीरबहादुर भाट निर्वाचित भएका छन्। सदस्यमा रमेश बोहरा, खगेन्द्र अवस्थी, हरेन्द्र शाह, उमेश कठायत, कपिल भट्ट, गोविन्द भट्ट, जानकी चन्द, राजेन्द्र नाथ, सरोज शाह र देवराज न्यौपाने निर्वाचित भएका छन्।