सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानका बन्दुकधारीद्वारा १७ नागरिक मारिए

२०७८ फाल्गुन २७, ०८:४७ रासस

खार्तुम: सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा परी १७ नागरिक मारिएका छन्। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा यसै हप्ता मात्रै दर्जनभन्दा बढीको मृत्यु भएको छ। 

हतियारधारी समूहले डार्फर राज्यको पहाडी क्षेत्र जेबेल मुनमा आक्रमण गरेको अधिकारीहरुले जानकारी दिएका छन्। घटनास्थल चादसँगको सिमा क्षेत्रमा पर्दछ। 

बिहीबार भएको घटनामा परी अरु केही घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। आक्रमणकारीहरुले आगजानी गरेर चार गाउँ पुरै जलेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। 

“लडाकूहरुले जेबेल मुनका गाउँहरुमा आक्रमण गरेका र आगजनी गरेका छन्, घरहरु जलेपछि दर्जनौ मानिस विस्थापित भएका छन्,” स्थानीय एक नेताले भने।   
 

कमेन्ट लोड गर्नुस