सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुप विश्वविद्यालयको खेल सप्ताहमा लफडा, खेलकुद शाखा तोडफोड

२०७८ फाल्गुन २६, ०९:२० खबर संवाददाता

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले बिहिबारदेखि खेल सप्ताह कार्यक्रम शुरु गरेको छ। मानविकीय तथा समाजशास्त्र संकायका डिन डा. मुकुन्द बल्लभ कलौनीको प्रमुख आथित्यमा खेल सप्ताह शुरु भएको थियो। तर, खेल सप्ताह शुरु गरेकै दिन लफडा पनि सुरु भएको छ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले खेल सप्ताह उद्घाटनकै दिन विद्यार्थी कल्याण तथा खेलकुद शाखामा तोडफोड गरेका हुन्। विश्वविद्यालयले विद्यार्थी संघ संगठनसंग भएको सहमती उलङघन गर्दै खेलकुद सप्ताह सञ्चालन गरेका कारण तोडफोड गरेको अनेरास्ववियूले जनाएको छ।

कमेन्ट लोड गर्नुस