ऋषि कट्टेल नेतृत्वको नेकपाले मान्यता पाएन
धनगढी : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका ऋषि कट्टेल नेतृत्वको नेकपाले मान्यता दिएको छैन्। अन्य ७९ दललाई भने मान्यता दिएको हो। आयोगको बिहीबार बसेको बैठकले निर्वाचनमा भाग लिन ७९ दललाई मान्यता दिएको बताएको छ।
स्थानीय निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले निवेदन दिएकोमा ऋषि कट्टेल नेतृत्वको नेकपालाई भने मान्यता नदिने निर्णय गरेको आयोगले जनाएको छ। आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका थिए।