देशभर थप ११२ जनामा कोरोना संक्रमण
२०७८ फाल्गुन २६, ०८:२४
धनगढी : देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको छ।
कमेन्ट लोड गर्नुस