सुदूर नेपाललाई विश्वसँग जोड्दै

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

२०७८ फाल्गुन २५, ०५:१७ रासस

संयुक्त राष्ट्रसंघ: इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन्। साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ। संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन्। उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताएका छन्। उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पु¥याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ।

साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ। इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएा छन्।

कमेन्ट लोड गर्नुस