सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टाउको छिनालेर हत्या : फरार आरोपी भन्छन्, ‘क्रिमिनल हो हामी क्रिमिनल’

२०७८ फाल्गुन २५, ०२:४४ खबर संवाददाता

धनगढी : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी असफल भएको छ। घटनाको तीन महिना पुग्नै लाग्दा पनि प्रहरीले हत्यामा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकेको हो।

पुस पहिलो साता स्थानीय अमरावती सामुदायिक वनमा दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले हत्यामा संलग्नको पहिचान भइसकेको बताए।

‘घटना कसले घटायो भन्नेबारे स्पष्ट भइसकेको छ,’ एसपी अधिकारीले भने, ‘तर संलग्न सबै अहिले फरार छन्। भारतमा लुकेर बसेका छन्। खोजी भइरहेको छ।’

फरार आरोपी भन्छन्, ‘क्रिमिनल हो हामी क्रिमिनल’
दासकै छिमेकी मनोज भण्डारीलाई प्रहरीले मुख्य अभियुक्त बनाएको छ। हत्यापछि बाहिरिएको एउटा फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका थिए। सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

मनोज र उनका साथीहरुले आफ्नो अडियो बाहिर ल्याएको भन्दै एकजनालाई सामाजिक सञ्जालमा भिडियो हालेर ज्यान मार्ने धम्की दिएका छन्। भिडियोमा मनोजसहित चारजना देखिन्छन्।

‘यी फुच्चेफाच्चीका लागि गोली खर्च गर्छन् ? तिमीहरूलाई यति सहज मृत्यु दिँदैन। तड्पाइतड्पाइ नमारे मेरो नाम मनोज होइन एके,’ भिडियोमा भनिएको छ, ‘एके, तेरा बाउ मारेको छु मैले कि श्रीमती मैले लगेको छु ? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस्। दाइले के ग¥या छ थाहा होला नि। क्रिमिनल हो हामी क्रिमिनल!’

कमेन्ट लोड गर्नुस