सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सहमहामन्त्री पाण्डेय बिहीबार सुदूरपश्चिम आउँदै

२०७८ फाल्गुन २५, ०९:२० खबर संवाददाता

धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेय बिहीबार सुदूरपश्चिम आउने भएका छन्। उनी बैतडीमा एक आमभेलालाई सम्बोधन गर्न आउन लागेका हुन्।

नेपाली कांग्रेस बैतडीले मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकालाई लक्षित गरेर आमभेलाको आयोजना गरेको छ। कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार शिवनाथको सुल्लेखानमा हुने आमभेलालाई सम्बोधन गर्न सहमहामन्त्री पाण्डेय भोलि बैतडी जान लागेका हुन्। 

कमेन्ट लोड गर्नुस