सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा साथीको ट्रायल दिने युवक प्रहरी फन्दामा

२०७८ फाल्गुन २४, ०७:१० खबर संवाददाता

धनगढीः साथीको नाममा मोटरसाइकलको प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिने एक युवक पक्राउ गरेका छन्। बैतडीको डिलाशैनी गाउँपालिका–६ का लक्ष्मण नाथको नाममा ट्रायल दिइरहेका कञ्चनपुर पुनर्वास नगरपालिका–२ का सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।  पक्राउ परेका तामाङले साथीलाई सहायता गर्न आएको बयान दिएको प्रहरीले बताएको छ। 
 
 

कमेन्ट लोड गर्नुस