अबको लडाइँ सत्य र असत्यबीच हुन्छः ओली
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको लडाइँ सत्य र असत्यबीचको हुने बताएका छन्। मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
“सत्य र असत्यबीच बेलाबेलामा लडाइँ हुने गरेको छ। अबको लडाइ परमादेशी र जनादेशीबीच हुन्छ,” उनले भने। एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको बताउँदै उनले रावण–राम र पाण्डव–कौरवको दृष्टान्त समेत दिए।