बाजुरामा ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो
धनगढी : बाजुरामा ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। 'महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार' भन्ने नाराका साथ दिवस मनाइएको हो।
प्रभातफेरीमा महिला हिंसा अन्त्य गरौँ, महिला पुरुष समान हुन, महिला उच्च पदमा नियुक्ति हुनुपर्छ, छाउपडी प्रथा अन्त्य गरौँ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नारा लगाइएको थियो। खुला मञ्चबाट सुरु गर्दै मार्तडीको लोकतान्त्रिक चोकमा कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, बडिमालिका नगरपालिका उप प्रमुख कविता बिष्ट, सामुदायिक प्रहरी सेवा केन्द्र बाजुराका अध्यक्ष काल्चे दमाई, जिल्ला प्रहरी कार्यालय, महिला विकास मञ्च, जिल्लामा महिलाको हक अधिकार सबन्धी आवाज उठाउने विभिन्न संस्थाहरु, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो।