सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको बच्चा मृतावस्थामा भेटियो

२०७८ फाल्गुन २४, ०८:०८ रासस

वालिङ : स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा भेटिएको छ। वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ। मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको उनले बताए।

मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ। घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताए।
 

कमेन्ट लोड गर्नुस