धनगढीमा भोलि विद्युत सेवा अवरुद्ध हुने
२०७८ फाल्गुन २३, ०६:२८
धनगढीः धनगढीमा भोलि विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ। धनगढीका सबै क्षेत्रमा भोलि सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण तथा वितरण केन्द्र धनगढीले जनाएको हो।
केन्द्रका अनुसार धनगढीमा भोलि (मंगलबार) अत्तरियादेखि धनगढीसम्मको ३३ केभी लाइनको रुटमा पर्ने रुखको हाँगा काट्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो। विहान आठ बजेदेखि १२ बजेसम्म सो लाइन अवरुद्ध हुने बताइएको छ।
कमेन्ट लोड गर्नुस