सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा डुबेर एक बालकको मृत्यु, बेलौरीमा पनि एक मृत भेटिए

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन २३, ०४:४९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दिल बहादुर तामाङको २ बर्षिय छोरा अनुरोधको डुबेर मृत्यु भएको छ। पानीको धारा नजिक खाल्डोमा डुबेका उनको तत्काल उद्धार गरिएको थियो। उपचारका लागि बीएन पोलिक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बेलौरी नगरपालिका–७ बरहैयास्थित खेतमा पुनर्वास नगरपालिका–१ पुरैना बस्ने ३६ वर्षीय रामस्वरुप राना मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस