कार्यव्यवस्थाको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल
काठमाडौंः प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित छ। नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ।
जबराविरुद्ध सत्ता गठनबन्धनका सांसदहरुले फागुन १ गते संसदमा महाअभियोग दर्ता गरेका थिए। संसद सचिवालयले नै आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि आन्तरिक कार्यसूचीमा महाअभियोग सिफारिस समिति गठन गर्ने विषय राखेको थियो । सोही अनुसार कार्यव्यवस्था समितिका सदस्यहरुले धारणा राखिरहेका छन्।