सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाले सुदूरपश्चिम सरकारलाई काम गर्न दिएन : मन्त्री खड्का

२०७८ फाल्गुन २२, ०९:४३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोनाका कारण अपेक्षित काम गर्न नसकेको बताएका छन्। धनगढीमा प्रदेश युवा परिषद्ले आयोजना गरेको प्रथम प्रदेशस्तरीय युवा वैज्ञानिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री खड्काले अब सुदूरपश्चिम सरकारले शिक्षा क्षेत्र र प्रणालीलाई सुदूरपश्चिम अनुकूल बनाउन छलफल भइरहेको बताए। सुदूरपश्चिम सरकारले प्रदेशमा प्राविधिक व्यवसायिक शिक्षाको अवधारणा समेत ल्याउने उनले दाबी गरे।सुदूरपश्चिममा अब प्राविधिक विश्वविद्यालय बनाउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस