माओवादी महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदनः मातृका यादव
धनगढीः नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताएका छन्। केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताए। ‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भने। महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण नरहेको उनले बताए।
तर केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा असन्तुष्टि जनाएको यादवले बताए। ‘बाबुरामले पद खतरामा पर्दा पद्दतिको कुरा उठाउनुहुन्थ्यो। अहिले पनि माग पूरा भएन भने पद्दतिको कुरा उठाउन थाल्नुहुन्छ। यो चरम व्यक्तिवाद हो’, यादवले भने। १५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहित कतिपय नेताहरुले आपत्ति जनाएका छन्।