सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कृषि विकास बैंकको कृषिमा लगानी २२ प्रतिशत मात्रै

२०७५ माघ ९, ११:१० नवराज पनेरु

कृषि विकास बैंक स्थापनाको ५२ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको ५२ बर्ष पुगेको अवसरमा धनगढीमा पनि कृषि विकास बैंक क्षेत्रीय कार्यालयले विविध कार्यक्रमको आयोजना गरिरहेको छ। २०२४ साल माघ ७ गते पूर्णतया सरकारी स्वामित्वमा स्थापना भएको कृषि विकास बैंकको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका कृषकमा वित्तीय पहुँच पुगाएर गरीब जनताको जीवनस्तरमा सुधार ल्याउनु थियो। तर कृषकलाई सेवा दिने उद्देश्यले स्थापना भएको बैंकले हाल ऊर्जादेखि व्यापारसम्मका क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। 

ग्रामीण क्षेत्र सम्म वित्तीय पहुच पुगाउदै किसानको जिवनस्तर उकास्नका लागी स्थापना भएको कृषि विकास बैंकले २०६२ सालदेखि पूर्ण बैंकीङ कारोवार सुरु गरेसंगै कृषिमा लगानी घट्दै गएको हो। चालु आर्थिक बर्षको पौष मसान्त सम्म कृषि विकास बैकले सुदूरपीश्चमका ९ जिल्लामा ५ अर्व ९७ करोड लगानी गरेको छ। कृषि व्यवासय शिर्षकमा बैंकको लगानी भने १ अर्व ३५ करोड ३७ लाख मात्रै छ जुन जम्मा लगानीको २२ प्रतिशत मात्रै हुन आउछ। गत बर्ष कृषि विकास बैंकले कृषि क्षेत्रमा झण्डै ३३ प्रतिशत लगानी गरेकोमा यस बर्षका ६ महिनामा उक्त लगानी ह्वात्तै घटेको हो। चालु आर्थिक बर्षका ६ महिनामा कृषि विकास बैंकले सुदूरपश्चिमरी कृषि बाहेका क्षेत्रमा झण्डै साढे ४ अर्व लगानी गरेको कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बताए। 

कृषि विकास बैंकले उद्योग सञ्चालन, निर्माण, यातायात, सञ्चार, वित्त, विमा सहकारी, घरायसी उपभोग्य, होटल, थोक तथा खुद्रा व्यवासयमा पनि लगानी बढाएको छ। २०६२ साल असार ३१ गते वाणिज्य बैंकका रुपमा कारोवार गर्न थालेपछि बर्षेनी कृर्षी विकास बैँकका सुदुरपश्चिममा रहेका शाखाले कृर्षी क्षेत्रमा लगानी घटाउदै लगेका छन्। कृषि विकास बैंकको लगानी पनि उर्जा, व्यापार र निर्माण केन्द्रित भएपछि किसान समस्यामा परेका सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए। 

कृर्षी विकास बैंकका सुदुरपश्चिममा एक क्षेत्रीय सहित २७ वटा शाखा रहेका छन्। दूरदराजमा रहेका गाउँसम्म कृषि विकास बैंकको शाखा विस्तार त भएको छ तर कृर्षी क्षेत्रमा अधिकक्तम लगानी गर्ने रणनीति फेरीएपछि किसानहरु अहिले चर्को व्याजमा निजी बैँकबाट ऋण लिन बाध्य छन्। कृर्षी विकास बैँक क्षेत्रीय कार्यालय धनगढीको तथ्याङक अनुसार केही वर्ष अघि सम्म कृर्षी क्षेत्रको लगानी ५० देखी ५५ प्रतिशत थियो। तर अहिले आएर त्यो घट्दै २२ प्रतिशतमा पुगेको छ। राष्ट्र बैँकले वाणीज्य बैँकहरुलाई कुनै एउटा क्षेत्रमा ४० प्रतिशत भन्दा बढि लगानी नगर्न निर्देशन जारी गरेकाले कृषि क्षेत्रको लगानी घटाउनु परेको दाबी गर्दै कृर्षी विकास बैँकले गर्दै आएको छ। यद्यपी कृषि विकास बैंकले गरेको लगानी कुनै न कुनै रुपमा किसानहरुकै लागि भएको दावी निर्देशक यादवको छ। 

सुदूरपश्चिम प्रदेशमा कृषि विकास बैंकका २७ वटा शाखाहरुमा झण्डै एक लाख २ हजार ग्राहकहरु छन्। हुन त ५१ प्रतिसत सरकारी लगानीको कृषी विकास बैँकले लगानीको दायरा बढाएर वार्षिक राम्रो नाफा पनि बढाउदै आएको छ। तर बैंकको रणनिति फेरिएसंगै कृषिमा भविष्य खोजिरहेका किसानहरु सबैभन्दा बढि समस्यामा परेका छन्। कृषिबाटै समृद्धि सम्भव भएकाले कृषि विकास बैंकको लगानी पनि कृषि क्षेत्रमै बढि हुनुपर्ने तर्क कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस