धनगढीमा एमाले सुदूरपश्चिमको कार्यालय उद्घाटन
२०७८ फाल्गुन १९, ०६:१६
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटन गरिएको छ। आज धनगढीमा एमालेका महासचिव शंकर पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा पोखरेलसहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा पनि उपस्थित थिए।
यसअघि नेकपाकालमा प्रदेश कार्यालय भाडाको घरमा प्रयोग भइरहेको थियो। अहिले प्रदेश कमिटीले आफ्नै भवन तयार गरेको र त्यसैमा कार्यालय स्थापना गरिएको बताइएको छ।
कमेन्ट लोड गर्नुस