भीम रावललाई विप्लवको प्रस्तावः देशभक्तहरू एक होउँ, मोर्चा बनाऔं
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्। अमेरिकी अनुदान सहायता सम्झौता ९एमसीसी० प्रतिनिधि सभाबाट अनुमोदन भएपछि विप्लवले विभिन्न दलका नेताहरुसँग भेटघाट बढाएका हुन्।
संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौताको विपक्षमा रहेका नेताहरुसँग विप्लवले भेटवार्ता गर्दै आइरहेका छन्। बिहीबार मात्रै विप्लवले नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य भीम बहादुर रावलसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा विप्लवले आफूसँग राष्ट्रिय स्वधीनताका लागि सबै देशभक्तहरु एक हुनुपर्ने प्रस्ताव राखेको रावलले जानकारी दिएका छन्। रावलका अनुसार विप्लवले देशभक्तहरु एक हुनुपर्ने र मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन्।