सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काँग्रेस सभापतिका लागि मतदान सकियो, आजै मतगणना

२०७८ फाल्गुन १९, ०३:२५ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार विहानदेखि सुरु भएको मतदान दिउसो ३ बजे सम्पन्न भएको।

जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा २ हजार ४६७ मत खसेको निर्वाचन अधिकृत सुवेदीले बताए। ‘केही समयमै मतगणना सुरु गरेर आजै सक्ने गरी तयारी भइरहेको छ,’ सुवेदीले दिनेशखबरलाई भने। 

पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो। पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए।

सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा भएको हो।

कमेन्ट लोड गर्नुस