२२ वर्षदेखि बन्द मझगाउँ विमानस्थलको यसरी हुदैछ पुनःनिर्माण ?
धनगढीः मझगाउँ विमानस्थल पुनःनिर्माणको काम थालिएको छ। बुधबारबाट २२ वर्षदेखि बन्द अवस्थामा रहेको उक्त विमानस्थलको पुनःनिर्माणको काम थालिएको हो। नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरेको थियो। कान्छाराम केएस जेभी निर्माण सेवाले भौतिक संरचना निर्माणको जिम्मा पाएको छ। विमानस्थलमा टर्मिनल भवन, रनवे र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक भौतिक संरचना निर्माण गरिने बताइएको छ।
यस्तै विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ। २०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो।