सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमस्ते शुक्लाफाँटाको संस्थापक हुँ भन्दै पैसा र गाडी कब्जा, पीडितको बिचल्ली

२०७८ फाल्गुन १८, ०६:४८ खबर संवाददाता

धनगढीः कञ्चनपुरका जनक कुँवरले आफू नमस्ते शुक्लाफाँटा यातायात प्रालिको संस्थापक हुँ भन्दै दैजीका लक्षी सुनारको पैसा र गाडी कब्जा गरेपछि उनी बिचल्लीमा परेका छन्। २०७८ असारमा १६ मोडेलको ४७०४ नम्बरको गाडी खरिद गर्न कँुवरलाई सुनारले ७ लाख दिएका थिए। तर गाडीको छत चुहिने भएपछि भोलिपल्टै गाडी काम नलाग्ने भन्दै खरिद गर्न नसकिने बताएपछि कुँवरले उनको नगद ७ लाख रुपैयाँ सहित गाडी कब्जा गरेको सुनारले बताए। 

‘वैदेशिक रोजगारीबाट दुःख गरेर कमाएको पैसा गाडी खरिदका लागि कुँवरलाई दिएको थिए, तर पैसा र गाडी दुवै कब्जा मात्र भएन उल्टै श्रीमतीलाई समेत हातपात गर्न खोजे’ सुनारले भने।  सुनारले फिर्ता गरेको गाडी अहिले कुँवरले नै चलाइरहेका छन्। आफू शुक्लाफाँटाको यातायात प्रालिको संस्थापक भएको भन्दै गाडी र पैसाको कुरा गरे प्रहरीमा ‘तेरो विरुद्ध मुद्दा हालेको’ भनेर धम्क्याउने गरेको पीडितको गुनासो छ।

यस विषयमा गाडीधनी कुँवरसँग बुझ्न खोज्दा लक्षी सुनारले उल्टै सुनारको घर बेच्ने अवस्थामा पुर्‍याएर सडकमा ल्याउने धम्की दिएका छन्। प्रहरी र संस्थाको धम्की देखाएर आफुहरुलाई जेल पठाउने धम्की कुँवरले निरन्तर दिइरहेको गुनासो सुनार परिवारको छ।    

कमेन्ट लोड गर्नुस