घोडाघोडी तालको पानी निकास गेट मर्मत हुने
घोडाघोडी तालबाट दक्षिण तिरको पानी निकास हुने गेट मर्मत हुने भएको छ। घोडाघोडी पर्यटन बोर्डले पानी निकासका लागि निर्माण भएको गेट पुरानो भएकाले मर्मत गर्ने बताएको छ। पर्यटन बोर्डका अध्यक्ष डिआर चौधरीले घोडाघोडी तालको पुरानो गेट मर्मतका बिषयमा छलफल भएको जानकारी दिए।
बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको यो पहिलो छलफल हो। छलफलमा नगरप्रमुख ममता प्रसाद चौधरी, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आर्चाय, उपाध्यक्ष नन्दराम साप्कोटा, वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर बुढा लगाएतको सहभागिता रहेको थियो। उनीहरुले घोडाघोडी क्षेत्रमा पर्यटन विकासका पुर्वाधार निर्माण गर्दा जैविकतालाई ध्यान दिनु पर्ने सुझाव दिएका छन्। तर जैविक ज्ञान भएका विज्ञ तथा डिभिजन वन कार्यालयको छलफलमा सहभागिता थिएन्।