धनगढीका युवक लागूऔषधिसहित पक्राउ
धनगढी: कैलालीको धनगढीका एक युवक लागूऔषधिसहित पक्राउ परेका छन्। सोमबार कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट धनगढी उपमहानगर–२ चौराह बस्ने २२ वर्षीय अभिषेक बोहरा पक्राउ परेका हुन्।
उनको साथबाट नाइट्राभेट– १० का ६ ट्याब्लेट र स्पासका ३६ क्याप्सुल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए। पक्राउ परेका बोहरामाथि कानून बमोजिम थप अनुसन्धान भइरहेको उनले बताए।