सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आमा–बुवा खोज्दै ५ बर्षिय बालक

२०७५ माघ ८, ०१:४६ कमल सावद

धनगढीको बसन्तटोलमा नेपाल प्रहरीले अलपत्र अवस्थामा भेटाएका बिराज चौधरी नाम बताउने बालक आफन्तलाई खोजिरहेका छन्। उनी अहिले बाल हेल्पलाइनको संरक्षणमा छन्। माघ ६ गते बाल हेल्पलाइन नेपाल धनगढीलाई प्रहरीले बिराजलाई संरक्षणका लागि बुझाएको थियो। ५-६ बर्षका देखिने बिराज बुवाको नाम दिपक चौधरी बताउँछन्। बिराजले आमाको नाम भने थाह नभएको बताएका छन्। 
बाल हेल्पलाइन नेपालले उनका आफन्त खोजिरहेको बताएको छ। उनका आफन्तलाई १०९८ मा सम्पर्क गर्न बाल हेल्पलाइनले आग्रह गरेको छ। धनगढी बाल हेल्पलाइनको फोन नम्बर ०९१–५२५६०० तथा दिनेश एफएमको समाचार शाखाको नम्बर ०९१–४१०२१० मा पनि उनका आफ्न्तले फोन गर्न सक्ने छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस