अरू एमाले सांसद नाराबाजीमा, भीम रावल रोष्ट्रममा
धनगढीः प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल सुरू भएको छ। छलफल भइरहँदा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने विरोध जनाइरहेको छ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसहित सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेका छन्। अरू सांसदले नाराबाजी गरिरहेका बेला एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिएका छन्।
रोष्ट्रममा गएर बोल्दै रावलले एमसिसी सम्झौता संसदबाट पारित गर्न नहुने बताएका छन्। यसअघि एमसिसी संसदमा टेबल हुँदा पनि रावलले बोलेका थिए। पछि एमालेकै नेताहरूले रावललाई सत्ता गठबन्धनले शिखण्डी बनाएको बताएका थिए।