सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निर्वाचनको तयारी तीब्र, अन्तिम नामावली प्रकाशनको तयारी

२०७८ फाल्गुन १५, ०२:४३ खबर संवाददाता

धनगढीः कैलालीमा स्थानीय तह निर्वाचनको तयारी तीब्र पारिएको छ। बैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणासँगै कैलालीमा निर्वाचनको तयारी तीब्र पारिएको हो। गत माघ २४ गते स्थानीय तहको निर्वाचन घोषणा भएको थियो। सोही दिनदेखि कैलालीमा समेत फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम बन्द भएको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए।

जिल्ला एक सय २६ वटा वडामै फागुन १९ गतेदेखि मतदाता नामावलीको अन्तिम विवरण प्रकाशित गर्ने तयारी भइरहेको उनले बताए। उक्त अवधिमा दाबी विरोध, त्रृटि सच्याउने लगायका काम पनि गरिने निर्वाचन कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस