सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुर मेयर्स कपको फाइनलमा सुदूरपश्चिम

२०७८ फाल्गुन १४, ०४:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि नेरी थापाले २३ रन, आश्मा पुलामी मगरले २२ तथा लक्ष्मी चौधरीले १० रन जोडे। सुदुरपश्चिमका लागि कविता कुँवर र सम्झना खड्काले २र२ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ५ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सम्झना खड्काले ४२, ऋतु कोनुजियाले ३३ तथा कविता जोशीले ३२ रन बनाए। कविता कुँवर १० रनमा अविजित रहिन्। लुम्बिनीकी नेरी थापाले ३ र कृतिका मरासिनीले १ विकेट लिए। जितसँगै सुदुरपश्चिमले ४ खेलमा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

लुम्बिनी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यस हारसँगै लुम्बिनीको फाइनल सम्भावना सकिएको थियो। सुदूरपश्चिमले उपाधिका सोमबार एपीएफसँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस