सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली युवालाई ‘भिडिओ कल सेक्स’को अफर, पछि अश्लिल भिडिओ बनाएर ब्ल्याकमेल

२०७८ फाल्गुन १४, १२:३४ आशिष मल्ल

धनगढी: धनगढीका रेशम(नाम परिवर्तन) सँग एक सुनिता अधिकारी नाम गरेकी युवती फेसबुकमा साथी थिइन्। एकदिन रेशमले ती युवतीसँग कुराकानी गर्न खोजे। युवती आफू भारतको हरियाणामा रहेको र पढ्दै गरेको बताइन्। साथै उनले रेशमको बारेमा पनि सोधपुछ गरिन्। रेशमले आफूबारे सबैकुरा बताए। त्यो दिनपछि उनीहरुको बेलाबेला सामान्य हालखबर सोध्ने कुराकानी भइरहन्थ्यो। 

एकदिन यस्तै कुराकानीको बीचमा सुनिताले ‘भिडियो कल सेक्स’ गर्ने भनेर सोधे। रेशमलाई सुरुमा आश्चर्य लाग्यो। तर सुनितासँग धेरैपटक कुराकानी भइसकेकाले उनी राजी भए। तर सुनिताले आफूलाई वाट्स एपमा कल गर्न भनेर नम्बर दिइन्। त्यसपछि रेशम उनलाई वाट्स एपमा एड गरेर कुराकानी गर्न लागे। त्यो क्रममा सुनिताले फेरि भिडिओ कल सेक्सको अफर दिइन्। उनले आफू पूरै गोप्यअंग देखाउने र रेशमले पनि देखाउनुपर्ने शर्त राखिन्। साथै उनले कल गर्दा कोठामा एक्लै हुनुपर्ने समेत बताइन्। यतिबेलासम्म रेशमको मनमा विभिन्न कौतुहल्ता आइसकेको थियो। उनले हुन्छ भनिदिए।  भिडिओ कल गरिसकेपछि उतातिरबाट एक युवती देखापरिन्। उनले विस्तारै माथिको कपडा उतारिरहेकी थिइन्। साथै उताबाट युवतीको स्वरमा एक आवाज आयो, ‘तुम भी अपने कपडे उतारो, लिंग दिखाओ(आफ्नो कपडा फूकालेर, गोप्यअंग देखाऊ)।’ रेशमले त्यस्तै गरे। 

लगभग २ मिनेटपछि फोन काटियो। रेशमले पुनः कल गर्न प्रयास गरे तर फोन उठेन। एकैछिन पछि ती युवतीको आइडीबाट एउटा भिडिओ आयो। रेशम रनभुल्ल भए। त्यो भिडिओ थियो, अघि भरखरै गरेको हर्कतको। त्यसपछि एउटा मेसेज आयो। मलाई अहिले ५ हजार पठाइदेउ नत्र यो भिडिओ तिम्रा सबै साथी र आफन्तलाई पठाइदिन्छु भनेर। अब रेशम डराए। उनले त्यसो नगर्न धेरै अनुरोध गरे। तर सुनिताले मानिन्, उनले आफ्नो खातानम्बर पठाएर तुरुन्त रकम नपाए उक्त भिडिओ भाइरल गरिदिने धम्की दिइन्। यो सबै भइसकेपति रेशमले उनलाई वाट्स एप र फेसबुक दुवैबाट ब्लक गरे।
०००

केहीदिन अघि कञ्चनपुरका सुवास(नाम परिवर्तन) लाई जीया शर्मा नाम गरेको आइडीबाट फेसबुकमा रिक्वेस्ट आयो। युवती भनेपछि हुरुक्कै हुने युवाले रिक्वेस्ट एसेप्ट नगर्ने कुरै थिएन। साथी बनिसकेपछि चिनजान भयो। युवतीले आफू भारतको राजिस्थान बस्ने बताइन। उनले पनि भिडिओ कल सेस्क गर्ने अफर दिइन्। उक्त कुरा अनौठो लागेर सुवासले आफ्नो साथीसँग सल्लाह मागे। साथीले आजभोलि युवतीहरुलाई पनि यौन चाहना हुने गरेकाले कुरा गर्न सुझाव दिएका थिए। सोही अनुसार उनले युवतीसँग कुराकानी गरे।

फोन काटिएपछि सुवासलाई पनि केहीबेर अघि गरिएको भिडिओ कल सेक्सको रेर्कडिङ पठाइएको थियो। १० हजार नपठाए उक्त भिडिओ आफन्त र साथीलाई पठाएर भाइरल गरिदिने धम्की पनि आयो। सुवासले मतलब गरेनन्। तर उक्त भिडिओको स्क्रिनसट सुवास एक साथीलाई पठाइएको थियो। साथीले त्यो कुरा सुवासलाई जानकारी गराए। अब उनी डराए। सुवासले युवतीलाई भिडिओ भाइरल नगरिदिन आग्रह गरेर उनले पठाएको एसबीआई बैंकको खाता नम्बरमा १० हजार भारतीय रुपैयाँ हालिदिए। यत्ति गरेपछि बेइज्जत हुने डरबाट मुक्त भएको भन्दै उनले युवतीको नम्बर ब्लक गरे। 
०००

३ दिनअघि डडेल्धुराका अमित(नाम परिवर्तन)सँग पनि यस्तै प्रकारको घटना घट्यो। तर उनलाई भने युवतीले आफैं वाट्सएपमा फोन गरेका थिइन्। उनलाई भारतीय नम्बरबाट भिडिओ कल आइरहेको थियो। भारतमा रहेका आफन्तले फोन गरेको हुनसक्ने भन्दै अमितले फोन उठाए। तर फोन उठ्नासाथ उता एक युवती नग्न अवस्थामा देखिइन्। अमितले एकछिन हेरेमात्र। फोन काटिएपछि त्यहिँ नम्बरबाट युवतीसँग भिडिओ कल सेक्स गरेजस्तै देखिने एउटा स्क्रिनसट आयो। अमितले उक्त मेसेजको बेवास्था गरे। पुनः त्यो नम्बरबाट एउटा भिडिओ आयो। उक्त भिडिओमा उतातिर नग्न युवती र यताबाट अमित नग्न अवस्थामा देखिरहेका थिए। उनको अनुहार राखेर भिडिओ एडिट गरेर बनाइएको थियो। अमितसँग पनि ५ हजार मागियो। नदिए उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की आइरहेको थियो। अमितले तुरुन्तै त्यो नम्बरलाई ब्ल्क गरे। 

‘फिसिङ’ र ब्ल्याकमेलिङ यसरी हुन्छ
यी ३ ओटै पीडितले आफूहरुसँग भएको घटनाबारे कसैलाई बताएका छैनन्। उनीहरुले प्रहरीमा समेत जानकारी दिएका छैनन्। बेइज्जत हुने त्रासका कारण उनीहरुले यी घटना गुपचुपमै राखेका छन्। तर उनीहरुलाई देखाइएको ती भिडिओ कलमा देखिने युवती थिएनन्। उताबाट मोबाइलमा देखाइएको नग्न भिडिओलाई ती युवकहरुले साच्चै युवती ठानेका थिए। 

पछिल्लो केही दिनमा ती तीन जनासँग भएका घटना बढ्दै गइरहेका छन्। सुरुमा युवती प्रयोग गरेर वा युवती बनेर फिसिङ गर्ने गिरोह फेसबुकबाट प्रवेश गर्छन्। उनीहरूको निशानामा समाजमा प्रतिष्ठित र फेसबुकमा धेरै साथी भएका व्यक्तिहरू हुन्छन्। उनीहरूको प्रोफाइल हेर्छन् र कामबारे जानकारी राख्छन्। त्यसपछि ब्ल्याकमेलरले पहिले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँछन्। रिक्वेस्ट एसेप्ट भएमा सिधै हाइ हेल्लोबाट कुराकानी सुरु हुन्छ। अनि नग्न भएर भिडियो च्याट गरेजस्तो गर्छन् र त्यही भिडियो च्याटको स्क्रिनसट लिन्छन्। त्यसपछि ब्ल्याकमेल सुरु हुनेगरेको प्रहरी अधिकारी बताउँछन्। 

कसरी बच्ने ?
यस्ता प्रकारका घटनामा पीडित हुनबाट बच्न राम्री युवती तथा अन्जान व्यक्तिसँग सामाजिक सञ्जालमा नजोडिन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारी आग्रह गर्छन्। ‘पछिल्लो समय हामीकहाँ पनि यस्ता प्रकारका निवेदन आइरहेका छन्। एउटा घटनामा हामीले भारतीय प्रहरीसँग समन्वय गरेर ती ब्ल्याकमेल गर्ने व्यक्तिलाई सजक बनाएका छौं’, उनले भने, ‘नचिनेको मान्छेलाई फेसबुक तथा वाट्स एपमा साथी नबनाएमा तथा उनीहरुसँग कुराकानी नगरेमा पीडित बनिँदैन।’ सबैलै सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन एसपी अधिकारीले आग्रह गरेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले पनि अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ। पछिल्लो समय चिठ्ठा परेको तथा यस्तै फिसिङ गर्ने अपराध बढ्दै गइहेको ब्यूरोले जनाएको छ। ती व्यक्ति भारत तथा अन्य देशमा बसेर यस्ता हर्कत गर्ने प्रहरीको अनुसन्धानले देखाएको छ।  

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस