मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीको निधन
काठमाडौं : मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का ३० वर्षीय वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ। शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–१२ छिन्चु बजार नजिक यही फागुन ८ गते कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका उनी सुर्खेतका सबैभन्दा कान्छा वडाध्यक्ष हुन्।