सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसीविरुद्धको प्रदर्शनमा डडेल्धुराका हेमराज अवस्थी घाइते

२०७८ फाल्गुन १३, ०७:४७ खबर संवाददाता

धनगढी : एमसीसीविरुद्ध बिहीबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका-५ घर भएका उनी माओवादी केन्द्रको कार्यकर्ता भएको खुलेको छ।

उनका बुवा माओवादीका वडासचिव रहेको खुलेको छ। टाउकोमा गम्भीर चोट लागेका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको माओवादी सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टले बताए। टीकाथलीमा बस्दै आएका अवस्थीले काठमाडौंमा कोरियन भाषा पढाउँथे।

हिजो मात्रै कञ्चनपुरका अर्का हेमराज अवस्थीको मृत्यु भएको भनेर झुटो खबर फैलिएको थियो। तर उनले आफू कञ्चनपुरमै सकुशल रहेको भनेर बताएका थिए।
 

कमेन्ट लोड गर्नुस