सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशी मुद्रासहित भारतीय पक्राउ

२०७८ फाल्गुन १२, १०:४० रासस

काठमाडौँ: विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा ३८ हजार ९०० मलेसियन रिङ्गेट सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो। उक्त विदेशी मुद्रा अवैधरूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई आज राजश्अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस