सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर माधव नेपालले भनेः एमसीसीका कारण देशमा राजनीतिक संकट

२०७८ फाल्गुन १२, ०५:५० खबर संवाददाता

धनगढीः पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट पर्नसक्ने बताएका छन्। युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी नेपालको हित विपरीत भएको बताएका हुन्। 

यस्तै उनले यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताएका छन्। सरकारले एमसीसी पारित गरे सरकारबाट आफूहरु बाहिरिने उनले दावी गरे।

कमेन्ट लोड गर्नुस