सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाअभियोग प्रस्तावको विरुद्ध सर्वोच्चमा रिट

२०७८ फाल्गुन १२, ०३:३० खबर संवाददाता

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्।

निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ। त्यस्तै जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित अर्को निवेदन पनि सर्वोच्चमा पेश भएको छ। तर दर्ता भने भइसकेको छैन।

कमेन्ट लोड गर्नुस