सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले युक्रेनमा क्षेप्यास्त्र हान्यो

२०७८ फाल्गुन १२, ११:४६ खबर संवाददाता

एजेन्सी: रुसको रक्षा मन्त्रालयले युक्रेनका जंगी अड्डाहरूमा रुसी सेनाले आक्रमण गरेको बताएको छ।  युक्रेनमा गरिरहेको सैन्य कारवाही अन्तर्गत यो आक्रमण गरिएको उसको भनाइ छ। 

तर, रुसले युक्रेनका सहरहरुमा आक्रमण नगरेको बताएको बीबीसीमा समाचार छ। रुसी हमलापछि युक्रेनले विश्व समुदायसँग सैन्य सहयोग मागेको छ । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले हतियारसहितका सैन्य सामाग्री मागेका हुन्।

कमेन्ट लोड गर्नुस