युक्रेन प्रवेश गरे रुसी सेना‚ राजधानीमा विस्फोट गराइएको दाबी
काठमाडौँ: युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेको केही घण्टापछि युक्रेनको सीमाभित्र रुसी सैनिक प्रवेश गरेका छन्।
रुसी सैनिकहरू युक्रेनको खारकिभ क्षेत्रतर्फ अघि बढेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।
युक्रेनका विदेशमन्त्रीले रुसले युक्रेनमा हमला गर्न सुरु गरिसकेको दाबी गर्दै यसमा युक्रेन रक्षात्मक रुपमा उभिने बताए।
युक्रेनको राजधानी किभमा केहि समयअघि विस्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ। किभमा विस्फोटको आवाज सुनिएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्ति स्थापनाका लागि आह्वान गरेको छ।
यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनमा हमला गर्ने कुनै योजना नभएको बताउँदै आएका छन्।