सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः चन्द

२०७८ फाल्गुन ११, १०:३७ रासस

बैतडी : निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मत रूपमा चयन भएका छन्। मङ्गलबार सम्पन्न १७औँ साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा कमलसिंह बोहरा, द्वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर र कोषाध्यक्षमा श्यामबहादुर चन्द चयन भएका छन्। समितिको कार्यकाल तीन वर्षको हुने नवनिर्वाचित महासचिव विकास चन्दले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस