कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले सामान बरामद गरेको हो।
कञ्चनपुरको भिमदत्त नगरपािलका १३ झुलुङ्गेबाट लेडिज प्लाजो २६ पिस, कुर्ती ७९ पिस, लेडिज सुट ५ पिस गरि अन्दाजी ६५ हजार ९ सय, बेदकोट ७ बाट दुग्रा बिउ २२७ प्याकेट, राजन लेखेको बिउ १२५ प्याकेट, सुडान ग्रासको बिउ ६० प्याकेट र भिक्टर लेखेको ५० डिब्बा गरी अन्दाजी १ लाख ५० हजार ६४० गरी जम्मा २ लाख १६ हजार ५४० बराबरको समान बरामद गरेको प्रहरीले बताएको छ।
बेवारिसे अवस्थामा फेला पारेको सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।