सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा बैठक अवरुद्ध

। फोटो स्रोत ।
२०७५ माघ ७, १२:४४

नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। 
मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो। तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ। राष्ट्रियसभाको आजको बैठक शुरु हुने बित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाए। विरोधका बीचमा काङ्ग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको रु भनी प्रश्न गरे। 
उनले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गर्नुभएको योगदानलाई कहीँ कतैबाट भुल्न नहुनेमा जोड दिँदै आफ्नो मागका बारेमा सरकारले सदनसमक्ष धारणा सार्वजानिक गर्न माग गरे। यसपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिए। उनले देशका विभिन्न नौ वटा अस्पताललाई सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिए। नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो रु भनी प्रश्न गरे।
नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो रु भन्ने प्रश्न गर्दै के कारणले बैठक अवरुद्ध भयो भनी प्रश्न गरे। सोही पार्टीका डा विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरे। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाली काङ्ग्रेसका सांसदलाई आआफ्नो स्थानमा आसन ग्रहण गर्न पटकपटक आग्रह गरेको थियो। आसन ग्रहण नगरेपछि उनले बैठक आजै आधा घण्टामा लागि स्थगित गरे। रासस
 

कमेन्ट लोड गर्नुस