सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठगी गर्ने दुई पक्राउ

२०७८ फाल्गुन ८, ०८:३२ रासस

काठमाडौँ: ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा ५० हजार जम्मा गरेमा दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज पक्राउ गरेको हो।

पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार ठगी गरेका थिए। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस