सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा एमसीसी टेबुल, धनगढीको सडकमा उत्रियो राष्ट्रिय जनमोर्चा

२०७८ फाल्गुन ८, ०३:३८ खबर संवाददाता

धनगढीः अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि चौतर्फी विरोध सुरु भएको छ। आज एमसीसी प्रतिनिधिसभामा टेबल भएको थियो। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका थिए।

प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा टेबल भएको हो। विरोधका बीच एमसीसी संसदमा टेबल भएपछि विभिन्न पार्टीका युवा संघ तथा संगठन सडकमा उत्रेका छन्। यस्तै सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले पनि धनगढीमा उक्त सम्झौताको विरोध गरेको छ। जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट आफै एमसीसीको विरोधमा सडकमा उत्रिएका हुन्।

राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले कैलालीको जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका थिए। यसअघि विद्यार्थीहरुले पनि विरोध गरेका थिए। उनीहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नारावाजी गरेका थिए।एमसीसी खारेज गर्न माग गर्दै उनीहरुले विरोध गरिरहेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस